कांग्रेसमै कमजोर देउवा
काठमाडौँ - नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा धेरै कमजोर देखिएका छन् । विभिन्न दलसँग पार्टी एकीकरण गरेका देउवा कांग्रेसभित्रै कमजोर देखिएका हुन् ।
राप्रपा र फोरम लोकतान्त्रिकसँग पार्टी समायोजन भएर बलियाे बन्नुपर्ने देउवा कांग्रेसभित्रै भने धेरै कमजोर देखिएका छन्। १४औँ महाधिवेशनमा आएकाे मतपरिणामले पनि याे पुष्टि गरेकाे छ । देउवाले राप्रपाका सुनिल थापालाई सहमहामन्त्री दिएर ल्याएका थिए भने विजय गच्छदारलाई उपसभापति पद दिएर ल्याएका थिए ।
त्यस्तै राप्रपाबाट आएका विष्णुविक्रम थापासहित ३१ जनालाई केन्द्रीय सदस्य बनाएका थिए भने ५५ जनालाई महासमिति सदस्य बनाएका थिए । क्रियाशील सदस्यता दिँदा पनि राप्रपालाई भागबण्डा गरेर दिइएको थियो । जस्तै थापालाई सिन्धुपाल्चोकमा १३ सय क्रियाशील दिइएको थियो । सिन्धुपाल्चोकमा १३ सय राप्रपाका कार्यकर्ता पाउनै मुश्किल छ । त्यस्तै अन्य जिल्लामा पनि जथाभावी रुपमा क्रियाशील वितरण गरिएको थियो । क्रियाशील दिँदा पनि राप्रपा र फोरम लोकतान्त्रिकलाई भागै लगाएर देउवाले बाँडेका थिए । क्रियाशीलदेखि धाँधली र विभिन्न ठाउँको अधिवेशनमा कब्जा गरेका देउवा महाधिवेशनमा झन कमजोर देखिए । महाधिवेशनमा पनि वडा तहदेखि नै पुराना कांग्रेसीहरुलाई पाखा लगाउँदै नवकांग्रेसी (अन्य पार्टीबाट आएका) लाई देउवाले प्रतिनिधि बनाएर ल्याएका थिए ।
वडा तहदेखि नै कांग्रेसी हराउन र चैते कांग्रेसीहरुलाई च्यापेका देउवा कांग्रेसीहरुकै लागि भने अलोकप्रिय देखिएका छन् । पार्टी समायोजन भएपछि झन बलियो हुनुपर्ने देउवा आफ्नालाई पाखा गर्दा धेरै कांग्रेसी कार्यकर्ताहरु रुष्ट छन् । अर्को क्रियाशील सदस्यता नवीकरणमा पनि देउवाले पुराना कांग्रेसीको सदस्यता नवीकरण नगर्ने र नयाँलाई दिँदा पनि अन्य पार्टीबाट आएकालाई बढी सदस्यता दिएका थिए ।
निर्वाचनको आचारसंहिता विपरीत देउवाले विभिन्न विभाग र नियुक्तिहरु धमाधम गरेका थिए । निर्वाचनलाई प्रभावित पार्न कै लागि भन्दै आफूनिकट र अझ अन्य दलबाट आएका नवप्रवेशीलाई नियुक्तिमा उनको एकदमै रुचि थियो । अरुलाई काखा र आफ्नालाई पाखा गर्दै आएपछि पार्टीभित्रै देउवाको कडा आलोचना हुने गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया