रामचन्द्रको चियापानमा देउवा देखेपछि कार्यकर्ताको हुटिङ 'शेखर दाइ जिन्दावाद'
काठमाडौँ - कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापान राखेका थिए । आज काठमाडौँको लैनचौरमा पौडेलले चियापान राखेका हुन् । उनले चियापान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएका थिए । जब देउवा मञ्चमा पुगे कार्यकर्ताले अबको सभापति शेखर दाई भन्दै हुटिङ गरे ।
उनीहरूले शेरबहादुर देउवा मुर्दावाद भन्दै नारा लगाएका थिए । कार्यकर्ताको नारा जुलुस साम्य पार्न रामचन्द्रलाई हम्मेहम्मे परेको थियो ।
उनले चुप लाग्नुस भन्दा पनि उनीहरू चुप लागेनन् । जब शेखर कोइराला उक्त कार्यक्रममा पुगे उनीहरूलाई चुप लाग्न महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजाल नै उठ्नुपर्यो । उनले तपाइहरूको सभापतिका उम्मेदवार आउनु भएको छ चुप लाग्नुस भनेपछि मात्रै उनीहरू चुप लागेका थिए ।
कोइरालाले आफू चुनाव लड्ने र विवेक पुर्याएर मत दिने कार्यकर्तालाई आग्रह गरे । उक्त कार्यक्रममा उपस्थित एक महाधिवेशन प्रतिनिधिले भने, 'शेखर आएपछि सबैको आँखामा आँसु थिए । सबै भावुक भएका थिए ।' छोटो सम्बोधन पछि कोइराला त्यहाँबाट निस्के । कार्यकर्ताहरू लैनचोर चोकसम्मै नाराबाजी गर्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया