अख्तियारमा सबैभन्दा बढी उजुरी के मार्फत पर्छ ?
काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् ।
यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन् ।
हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्नेगर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ?
अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्नेगर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए ।
दोस्रो ठूलो उजुरीको स्रोत हुलाक सेवा (चिठी) हो । गत वर्ष हुलाक सेवा मार्फत अख्तियारमा भ्रष्टाचार सम्बन्धी २ हजार ७६० वटा उजुरी परेका थिए ।
तेस्रो ठूलो उजुरीको स्रोत हो– इमेल । इमेल मार्फत आर्थिक वर्ष २०७८/७९ मा २ हजार ७५७ वटा उजुरी परेका छन् ।
प्रवक्ता भण्डारीका अनुसार गत आर्थिक वर्ष समाचारपत्रहरुबाट २९०, फेसबुकमार्फत ९३, भाइवरबाट १५, आयोगको वेबसाइटबाट २ हजार १६५, मोबाइल एसएमएसबाट ४, टेलफोनबाट ७५०, मोबाइल एपबाट १०२ र अन्य स्रोतबाट २ हजार ७१७ वटा उजुरी परेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया