संवैधानिक अंग

बैंक खातामै घुस ट्रान्सफर गराउने मोहन्यालका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
साउन २९, २०७९ आइतवार १३:९ बजे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीविरुद्ध ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो । आयोगले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा २०७९ साउन १ गते नियन्त्रण लिएको थियो ।

आयोगका अनुसार, बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए । त्यसअतिरिक्त आयोेगले ३० हजार रुपैयाँ अभियुक्तको साथबाट बरामद गरेको थियो । 


आयोगले बैंक ट्रान्सफर र बरामद रकमलाई बिगो कायम गर्दै जरिवाना र कैद सजाय हुन मागदाबीसहित अभियोगपत्र दायर गरेको हो । अदालतबाट घुस लिएको ठहरिएमा अभियुुक्तले राज्यबाट पेन्सन सुविधा पाउने छैनन् ।


Author

थप समाचार
x