संवैधानिक अंग

तस्करीका अभियुक्तलाई छुटाउन घूस लिने प्रहरीविरुद्ध मुद्दा

इकागज |
असार ३१, २०७८ बिहिवार १४:७ बजे

काठमाडौँ : हिरासतमा राखिएको व्यक्तिलाई छुटाइदिन्छु भन्दै घूस लिने प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी वृत्तका प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठले घूस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । उनले तस्करीको अभियोगमा थुनामा राखिएको व्यक्तिलाई छुटाइदिएको उल्लेख छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको थियो ।श्रेष्ठलाई सेवाग्राहीले घूस ओल्ड टाउन क्याफे एन्ड पव रेस्टुरेन्ट चावहिलका सञ्‍चालक अनिश जोशीलाई राख्न दिएको आयोगले जानकारी दिएको हो ।

श्रेष्ठले थुनामा रहेको व्यक्ति धरौटीमा छुटाईदिने भनी ६० हजार रुपैयाँ घूस लिएको खुलेको थियो । घूस रकम मध्येबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयका कार्यालय सहयोगी (करार) को रूपमा कार्यरत राम खड्काले तारा कुमारी श्रेष्ठबाट ३० हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।



Author

थप समाचार
x