संवैधानिक अंग

अख्तियारले बुझायो राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन

इकागज |
कात्तिक २९, २०७८ सोमबार १५:५२ बजे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धानले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएको हो । 

 राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन बुझाएका हुन् ।  



Author

थप समाचार
x