संवैधानिक अंग

राष्ट्रिय मानव अधिकार महाभेला हुने

इकागज |
मंसिर २०, २०७८ सोमबार १३:४१ बजे

काठमाडौं– ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालमा मानवअधिकारको क्षेत्रमा कार्यरत ३७ भन्दा धेरै संसघसंस्थाले सप्ताहव्यापी कार्यक्रम गर्ने भएका छन् । १३ औं मानवअधिकार महाभेला नाम दिइएको यो कार्यक्रमहरुको संयोजक शान्तिका लागि साझा अभियान (कोक्याप) ले संयोजन गर्दैछ ।

सन् २००९ देखि प्रत्येक वर्ष हुँदै आएको यस्तो महाभेलामा यसपाला मानव अधिकारका विभिन्न पक्षमा देशभरी दर्जनौं कार्यक्रमहरु हुँदैछन् । जसमा नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुशासन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक समाज, संघ संगठन, मानव अधिकार तथा सम्पूर्ण न्यायकर्मीहरु र राष्ट्रिय मानव अधिकार आयोग संग्लन रहेका छन् ।


महाभेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मानवअधिकारकर्मी चरण प्रसाईले लोकतन्त्र स्थापनापछिका बर्षहरुमा पनि मानवअधिकार संकटमा परिरहेको, नागरिक अधिकारका विषयहरु संकुचित भइरहेको र संक्रमणकाल अझै नसकिएको भन्दै यस्तो महाभेलाले मानवअधिकारको रक्षाका निम्ति सामूहिक पहल गर्न बल पुर्याउने बताए ।

महाभेलाको सत्र कोक्यापले सार्वजनि गरेको अपिलमा मुलुकको सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र सहितको धर्म निरपेक्षता र सुशासन खतरामा पर्दै गइरहेको भन्दै भने नागरिक नै राज्यबाट अपहेलित र असुरक्षित बन्दै गईरहेको महसुस भएको उल्लेख छ ।

नागरिकका बहुल अधिकारहरु संकटमा परिरहेका बेला कोभिड–१९ महामारीको संकट आएको र यसले जनजीवन नराम्रासँग प्रभावित गरिरहेको सत्रमा महाभेला आयोजना गर्न लागिएको कोक्यापले उल्लेख गरेको छ । महाभेलाको संयोजन गरिरहेकी रोशना खड्काले मानवअधिकारका बहुल विषयमा एकमुष्ठ आवाज उठाउन सबै संघसंस्थाले सामूहिक हातेमालो गरिरहेको बताइन् । महाभेलाको उद्घाटन आगामी बुधबार ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा उपराष्ट्रपति नन्दकिशोर पुनले गर्दैछन् ।


Author

थप समाचार
x