संवैधानिक अंग

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्ः

‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’

इकागज |
मंसिर २४, २०७८ शुक्रवार १७:१९ बजे

फाइल फोटो

काठमाडौँ - प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन् । गृह जिल्ला सङ्खुवासभा आउनुभएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताएका हुन् । 

सदरमुकाम खाँदबारीमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेकेको बताए ।


राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए । रासस 


Author

थप समाचार
x