संवैधानिक अंग

कोभिडले राेकिएका लोकसेवाका परीक्षा फागुन ६ गतेदेखि हुने

इकागज |
माघ २०, २०७८ बिहीबार १४:४१ बजे

फाइल फोटो

काठमाडौँ : कोभिड १९ महामारीले स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सुरु हुने भएका छन् । आयोगले बिहीबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गर्दै फागुन ६ गतेदेखि सुरु हुने जनाएको हो । 

फागुन ६ गतेदेखि उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू सुरू गर्ने आयोगले जनाएको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि कोभिडले रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।



Author

थप समाचार
x