अख्तियारको प्रवक्तामा भण्डारी
फाइल फाेटाे
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव श्यामप्रसाद भण्डारीलाई दिएको छ ।
मंगलबारबाट भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी अख्तियारले आज एक विज्ञप्ति जारी गरी दिएको हो ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्यामप्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया