संवैधानिक अंग

अख्तियारको प्रवक्तामा भण्डारी

इकागज |
फागुन ३, २०७८ मंगलबार १४:७ बजे

फाइल फाेटाे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव श्यामप्रसाद भण्डारीलाई दिएको छ । 

मंगलबारबाट भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी अख्तियारले आज एक विज्ञप्ति जारी गरी दिएको हो । 


‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्यामप्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ । 


Author

थप समाचार
x