संवैधानिक अंग

संवैधानिक आयोग नियुक्ति : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

इकागज |
चैत ९, २०७८ बुधबार १८:२१ बजे

काठमाडाैँ  –​ सर्वोच्च अदालतले संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ ।

सर्वोच्चले केपी ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका ५२ जना संवैधानिक अंगका पदाधिकारीको नियुक्ति बदर गर्न मागसहित परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेकाे हाे । बुधबार बसेको संवैधानिक इजलासले सो आदेश गरेको हो।


संवैधानिक इजलासमा भएको बहसपछि अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेर भएका नियुक्ति अन्तरिम आदेशबाट बदर गर्न नपर्ने भनेको हो।

कामु प्रधानन्यायाधीश दीपक कार्कीको अध्यक्षताको इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडा थिए । यो आदेशसँगै अख्तियारसहित विभिन्न संवैधानिक अंगका नियुक्त पदाधिकारीको कामकाजमा बाधा नहुने भएको छ । त्यस्तै अदालतले यस रिटमा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

 


Author

थप समाचार
x