कर्पोरेट

माइती नेपालमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

इकागज |
जेठ ७, २०७९ शनिबार ५:१९ बजे

काठमाडौँ- बैंकले कार्यक्रममार्फत संस्थामा आश्रित महिलाहरुलाई बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरेको छ । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा ५३ जना महिलाहरुको सहभागिता रहेको थियो ।

गतवर्ष महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तीकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहलाई वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।


कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा। बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थीको उपस्थिती रहेको थियो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 


Author

थप समाचार
x