कर्पोरेट

गगन प्रधान नबिल स्किल हिरो

इकागज |
चैत १७, २०७७ मंगलबार १२:२७ बजे

काठमाडौँः  हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नाबिल बैंकको स्किल हीरो सम्मान प्रदान गरिएको छ । स्किल विक २०२१, दोस्रो संस्करण समापन समारोह सोमबार सोल्टी क्राउन प्लाजामा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भव्यताका साथ समापन गरिएको थियो । 

स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सीपलाई बिभिन्न आयामबाट प्रस्तुत गरिएको थियो । 


यस कार्यक्रममा चार फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए ।  
यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई  नाबिल स्किल हीरो अवार्ड २०२१ उपाधिबाट सम्मानित गरेको थियो । 

स्किल वीक र नाबिल स्किल हीरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्य किनोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी सोनम वांगचुकको उपस्थितिमा सञ्चालन गरिएको थियो । 


Author

थप समाचार
x