कर्पोरेट

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

इकागज |
जेठ ११, २०७९ बुधबार १८:४५ बजे

काठमाडौंँ - नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिड, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा विशेष छुटको सम्झौता गरेको हो।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कबिन्द्रप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरे।


नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकाल देखिनै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरि चिकित्सकहरुको पेशागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको छ ।  

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १ सय ५० शाखा, १ सय ८७ एटिएम र १५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्दै आएको छ । 


Author

थप समाचार
x