कर्पोरेट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

इकागज |
जेठ १४, २०७९ शनिबार ११:५३ बजे

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविड कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरूमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । बूढानीलकण्ठमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिट र मुक्तिनाथ बैँकबीच ग्राहकले १५ प्रतिशत छुट पाउने सम्झौता भएको हो।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग बसन्त बक्शी तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिट को तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झाको उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 


साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।


Author

थप समाचार
x