काठमाडौँदेखि भोटेचौरसम्मको एनओजी राइड सम्पन्न
काठमाडौँ- टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँ देखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत जेष्ठ १४ गते शनिबार आयोजना भएको उक्त राइड महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड शोरुमबाट सुरु भएर बालकुमारी , तीनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुदै भोटेचौरसम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरू बीच एकतामुलक विभिन्न गेम हरू खेलाइएको थियो ।
राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरूका साथै प्रसिद्ध मोटो भ्लगरहरूको उपस्थिति थियो । साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी , प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र टिकटकर उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए। टिभिएस एनटर्कका राइडरहरूबीच आत्मियता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको थियो १ नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री लाइ निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरूबीच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरू वितरण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया