कुमारी बैंक लिमिटेड र लाल रत्न अस्पतालबीच सम्झौता
काठमाडौँ- कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया