कर्पोरेट

एलजीको वाइफाई भएको एसी नेपाली बजारमा

इकागज |
जेठ २१, २०७९ शनिबार ११:३७ बजे

काठमाडौँ - एलजी ब्राण्डले स्मार्ट थिङक्यु भएको वाइफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । यस स्मार्ट थिङक्यु भएको एस.सी.लाई तपाईले वाइफाई मार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइलबाट चलाउन सक्नुहुनेछ, साथै आफ्नो आवाजले पनि वाइफाई मार्फत नियन्त्रण गर्न सकिन्छ । इन्भटर्र प्रविधि भएको यस एसीमा १० वर्षको वारेण्टी रहेको छ । 

एलजी डुएल इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । एलजी एसीमा एन्टी  भाइरस फिल्टर रहेको यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ । डुएल इन्भर्टर कम्प्रेसर रहेको यस ए.सी.ले ७० प्रतिशत विजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।  एलजी घरायसी सामाग्रीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ । 



Author

थप समाचार
x