नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा प्रारम्भ
काठमाडौँ- नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालसँगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका विभिन्न व्यापार व्यवसायीहरूलाई भुक्तानी दिन सक्नेछन् ।
यसका साथै अहिले सम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीहरुले नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्ने छन ।
नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुम हरुमा भुक्तानी गर्दा ३० प्रतिशत (३ सय) आकर्षक छुट प्राप्त गर्न सक्नेछन् भने भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट सञ्चालक नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड ले संयुक्त रुपमा जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया