कर्पोरेट

लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै

इकागज |
जेठ २३, २०७९ सोमबार १४:१५ बजे

काठमाडौँ-  विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता 'ग्रीन सेभिङ' पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो र डिजिटल बैंकिङ्ग जस्ता सेवाहरूको सम्मिश्रणले सो खाता पूर्णरूपमा कागज विहिन रहेको छ । साथै यस खातामा ग्राहकहरूले ८.०३% को उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी बैंकको “एक खाता, एक रुख“ को प्रतिबद्धता अनुरुप “गो ग्रीन“ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिङ खाताको वापत बैंकले एउटा रुख रोप्ने जनाएको छ। यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ।


यो पहल मार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धता अन्तर्गत बैंकले (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसीप) मा पनि सामेल भएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू अपनाउने छ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने छ ।

साथै, ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग माध्यमहरू अपनाई ग्रीन बैंकिङ्गतर्फ प्रोत्साहन गर्नका लागी लक्ष्मी बैंकले विभिन्न अफरहरू पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरूले मोबाइल मनिद्वारा कुनै पनि भुक्तानी गर्दा १०% (प्रति व्यक्ति रु.५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन त्तच् भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो । 

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरूले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबाइल मनि, डेबिड कार्ड, इन्टरनेट बैंकिङ्ग तथा इमेल अलर्ट सुविधाहरू पर्दछ) १ वर्षको लागी निःशुल्क नवीकरण गर्न पनि सक्नेछन् । 


Author

थप समाचार
x