वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली
काठमाडौँ - विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाउ पृथ्वी बचाउ”, “साइकल चलाउ इन्धन बचाउ” जस्ता नाराका साथ साइकल र्यालीको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठबाट साइकल र्यालीमा सहभागीहरूलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरूको विषयमा सम्वोधन गरे पश्चात साइकल र्यालीको शुरुवात गरिएको थियो।
बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट सुरु भइ भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहीदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल र्यालीमा बैंकका संस्थापक र सञ्चालक, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरू, विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरूको बाक्लो उपस्थिती रहेको थियो ।
इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय आवाज जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साइकलको प्रयोग तथा हिँडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्प्रेरित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल र्याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) बचाउनका लागि विभिन्न विकल्पहरूको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ ।
देशमा इन्धनको खपत सक्दो कम गरी वातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ “सेफ फ्युल च्यालेन्ज” भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरूलाई बैंकले निरन्तरता दिंदै जाने व्यहोरा जानकारी गराइन्छ ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँट्टा थप्ने उद्देश्यले “इन्धन बचाउ पृथ्वी बचाउ” “साइकल चलाउ इन्धन बचाउ” भन्ने नाराका साथ वातावरण दिवसका दिन आयोजना गरिएको यस साइकल र्यालीमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साह पूर्वक सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया