कर्पोरेट

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानीमा क्यासब्याक पाइने

इकागज |
जेठ २३, २०७९ सोमवार १७:१२ बजे

काठमाडौँ- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आफ्नो जीवन बीमाको  प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।

यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्सको शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ । यस योजनामा हरेक दिन १ जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सकिनेछ ।साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ । 


देशभर एक लाख ५० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै १ सय ५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्सका शाखा रहेका छन् । नेपाली बीमा बजारमा अग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना बीमा तथा स्वास्थ बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आएको छ । 


Author

थप समाचार
x