कर्पोरेट

एचसीआरसी अस्पतालमा अनलाइनबाट अप्वाइन्टमेन्ट लिन सकिने

इकागज |
जेठ २४, २०७९ मंगलबार १६:१७ बजे

काठमाडौँ - नेपालगन्ज, चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अप्वाइन्टमेन्ट लिन सकिने सेवाको सुरुवात भएको छ। एचसीआरसी अस्पतालमा  भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको इ–अप्वाइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अप्वाइन्टमेन्ट सेवाको सुरुवात भएको हो । यो सँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अप्वाइन्टमेन्ट लिन सकिनेछ ।  

अनलाइन अप्वाइन्टमेन्ट प्लेटफर्मको साथ दर्ता र डाक्टरसँग भेट्न सजिलो  बनाइएको छ । इसेवा मोबाइल वालेट एप भित्रबाटै डाक्टरको अप्वाइन्टमेन्ट मिति बुक गर्न र डिजिटल रुपमा तत्काल भुक्तानी गर्न सजिलो छ । अप्वाइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरुको लागी  समयको राम्रो संगठन, नियमित बिरामीहरुको राम्रो फलोअप , कम लाइन र कम पर्खाइको समय हुनेछ जसले अस्पतालमा र स्वास्थ्य संस्थाहरुमा हालको कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमहरूलाई पनि कम गर्दछ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अप्वाइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । 


कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज्ड गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित इ–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।
 


Author

थप समाचार
x