कर्पोरेट

'आइएमई पे' मार्फत 'फुडमान्डु'को भुक्तानीमा क्यासब्याक

इकागज |
जेठ २४, २०७९ मंगलबार १६:४९ बजे

काठमाडौंँ- आइएमई ग्रुपद्वारा सञ्चालित 'आइएमई डिजिटल सोलुसन लिमिटेड' अन्तर्गत संचालित 'आइएमई पे' र 'फुडमान्डु' वीच सम्झौता भएको छ । सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

'३ को कमाल, क्यासब्याकले धमाल' नामक अफर मार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउने जनाएको छ । यो क्यासब्याकको सीमा ५ सय रूपैयाँसम्म मात्र हुनेछ। 
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने कम्पनीले जनाएको छ।
 



Author

थप समाचार
x