कर्पोरेट

सीजी डिजिटल इलेक्ट्रोनिक्सको सोरुम जोरपाटीमा

इकागज |
जेठ २६, २०७९ बिहिवार १६:५ बजे

काठमाडौँ- नेपालको सबै भन्दा ठुलो प्रिमियम मल्टी ब्रान्ड इलेक्ट्रोनिक्स सीजी डिजिटलको नयाँ सोरूम काठमाडौँको जोरपाटीमा  सञ्चालनमा आएको छ।
विशिष्ट अतिथिहरू र मिडिया कर्मी माझ चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा मेयर प्रमुख गोकर्णेश्वर नगरपालिका दिपक रिसालले सोरुमाको उद्घाटन गरेका हुन् ।
यस सोरुममा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका बिभिन्न प्रतिष्ठित ब्रान्डहरू एल जि, सीजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक + डेकर, बेको र माइडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ । नयाँ शोरुम शुभारम्भको अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा बिशेष छुट तथा उपहार प्रधान गर्ने जनाएको छ ।

साथै, ग्राहक बर्गलाई मध्यनजर गर्दै फ्री डेलिभरी, लोयल्टी प्रोग्राम, फ्रि माइक्रोवेभ ओभन कुकिङ क्लास/डेमो, ०% ब्याज दरमा किस्ताबन्दी, एक्स्चेन्ज अफर जस्ता सुविधाहरु पनी उपलब्ध गराएको छ। कम्पनी स्वामित्वको यो २१औं शोरुम रहेको र आगामी दिनहरुमा पनी देशका बिभिन्न शहरहरुमा यसरी नै सि.जी. डिजिटल शोरुमहरु विस्तार गर्दै जाने र अझै ग्राहक बर्ग नजिक पुग्ने सि जि डिजिटलको लक्ष्य रहेको छ ।



Author

थप समाचार
x