सानिमा बैंकले ल्यायो ग्रीन पिन सुविधा
काठमाडौँ- सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ग्रीन पिन सुविधा ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागज विहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिड-क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।
उक्त कोड पाएको २४ घण्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधा जनक बनाउनु रहेको बैंकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया