कर्पोरेट

सानिमा बैंकले ल्यायो ग्रीन पिन सुविधा

इकागज |
जेठ २८, २०७९ शनिबार १०:३ बजे

काठमाडौँ- सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ग्रीन पिन सुविधा ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागज विहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिड-क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।

उक्त कोड पाएको २४ घण्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधा जनक बनाउनु रहेको बैंकले जनाएको छ । 
 



Author

थप समाचार
x