कर्पोरेट

टेलिकमको डाटा र भ्वाइस प्याक 'नमस्ते पे' बाट लिन सकिने

इकागज |
जेठ २८, २०७९ शनिबार १०:३४ बजे

काठमाडौँ - नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुविधाहरू नमस्ते पे एपबाट सुचारु भएको छ। टेलिकमका प्रयोगकर्ताहरूले नमस्ते पे वालेटको ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको 'डाटा र भ्वाइस' प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याकेजहरू खरिद गर्न सक्नेछन्।

नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरूमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्ने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनपीडीसी) जनाएको छ।


एनपीडीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । सो प्रयासमा स्मार्ट क्युआर संग गरिएको सेवाको शुरुवात एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने एनपीडीसीको विश्वास रहेको छ ।


Author

थप समाचार
x