कर्पोरेट

'एनटीटीभी' मार्फत नि:शुल्क 'फ्रि टु एयर' च्यानल हेर्न सकिने

इकागज |
जेठ २८, २०७९ शनिवार ११:४२ बजे

काठमाडौँ - नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ । सो एप जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । उक्त एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरूमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरू लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरू प्रत्यक्ष हेर्न सकिने छ । 

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ । यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाइफाइमार्फत सहजै हेर्न सकिने टेलिकमले जनाएको छ । टेलिकममा एपमा भएका च्यानलहरू हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन । 
 



Author

थप समाचार
x