कर्पोरेट

ओप्पोले घटायो ए१६के स्मार्टफोनको मूल्य

इकागज |
जेठ ३०, २०७९ सोमबार १६:२१ बजे

काठमाण्डौँ- स्मार्टफोन कम्पनी ओप्पोले ए–सिरीज अन्तर्गतको पछिल्लो स्मार्टफोन 'ए१६के' को मूल्य घटाएको छ। ओप्पोले 'ए१६के' मा २ हजार रूपैयाँ घटाएको हो। पहिला १९ हजार ९ सय ९० रूपैयाँ रहेको फोनको मूल्य २ हजार घटाइ १७ हजार ९ सय ९० कायम गरिएको जनाएको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै मूल्य घटाएको जनाएको छ ।

 यस्तो छ विशेषता


ओप्पोको ए–सिरीज अन्तर्गतको पछिल्लो स्मार्टफोन 'ए१६के' मार्च २०२२ मा  नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो 'ए१६के' ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्रीडी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाइलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरीजको परम्परालाई निरन्तरता दिइरहेको छ ।

ओप्पोको १६.६५ से.मि ( ६.५२”) एच्डी वाटरड्रप स्क्रिन र १६००*७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरूलाई पोइन्ट कर्नरहरू बनाइन्छ । यो फोन ४२३० एमएएच् लङ्ग–लास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरूलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुवैको लागि उपयुक्त छ ।  यसमा ५एक्स डिजिटल जुम र ५ एमपी फ्रन्ट क्यामेराको साथ १३ एमपी रियर क्यामेरा रहेको छ ।

विभिन्न विषयवस्तुहरू र पोर्टेटहरू, स्न्यापसटहरू र धेरै परिदृश्यहरू र अगाडी र पछाडी दुबै क्यामेराले स्टाईलिश फोटोहरूमा प्रभाव पार्ने ओर्जिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मीस्ट, फील्ड, जोर्नी, डिलिसीयस, कोल्ड, फील्म, सीटी, रेट्रो,अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाइलिश फिल्टरहरू सपोर्ट गर्दछ । यसबाहेक, यसले एआई ईन्जिन मार्फत दृश्य पहिचान गर्दछ र त्यसपछि यसले ईमेजका रङ्गहरू पुनः निर्माण गर्न पिक्सेल स्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ । पछाडीको क्यामेराको लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टरहरू छन् । यी सबै डिजाइनले प्रयोगकर्ताहरूलाई, सुन्दर र व्यावसायिक नाइट शटहरू लिन मद्दत गर्दछ ।

ओप्पो 'ए१६के' कोे मुनलाईट डिस्प्ले, सनलाईट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । स्क्रिन पुल डाउन गरी एप आइकनहरू छेउमा राख्न सक्दछ र उक्त आइकनहरू छोडी एप खोल्न सक्दछ ।  


Author

थप समाचार
x