कर्पोरेट

उदयपुरको गाईघाट पुग्यो डिसहोम

इकागज |
जेठ ३०, २०७९ सोमबार १६:३४ बजे

काठमाडौँ - डिसहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ । आक्रमक बजार विस्तार गर्दै आइरकेो कम्पनीले गाईघाटमा पनि सेवा विस्तार गरेको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । 


समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हाल उदयपुरको गाईघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।
 
हाल उदयपुरको त्रियुगा नगरपालिकाको ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाईघाट बजार, पुरानो(गाईघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिसहोमको फाइवरनेट उपलब्ध छ ।

डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिसहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिसहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।


 


Author

थप समाचार
x