कर्पोरेट

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

इकागज |
जेठ ३०, २०७९ सोमबार १६:४८ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेड र बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजा बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो होटेलबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट- क्रेडिट कार्ड वा मोबाइल बैंकिंङबाट गर्दा होटेलको फुड एण्ड बेभरेज र रूम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।  

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग इकाइ तथा १६ एक्सटेन्सन काउण्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।



Author

थप समाचार
x