कर्पोरेट

सेञ्चुरी कमर्सियल बैंक र अलफ्टबीच सम्झौता

इकागज |
जेठ ३१, २०७९ मंगलबार १९:३३ बजे

फाइल फोटो

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाडौँ, ठमेलबीच विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । सो समझद्वारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरू, सम्पूर्ण ग्राहकवर्गहरू तथा बैंकका कर्मचारीहरूलाई अलफ्ट काठमाडौँमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्टका तर्फबाट बजार प्रमुख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन्।


हाल सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 


Author

थप समाचार
x