कर्पोरेट

टिभीको बजारमा ३२ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा रहने एलजीको लक्ष्य

इकागज |
जेठ ३१, २०७९ मंगलबार १९:५४ बजे

काठमाडौंँ- दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ। जसमा करिब ५ प्रतिशतको लाभले यस सेग्मेन्टमा नम्बर एक खेलाडी बन्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ। 

कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको छ। एलजी इलेक्ट्रोनिक्स इन्डिया निर्देशक, होम इन्टरटेनमेन्टको हाक ह्युन किमले जानकारी दिए ।  


एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको हो ।  'हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,'  किमले नयाँ दिल्लीमा एक अन्तर्वार्तामा भने । भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियाली फर्मको २०२१ मा लगभग २७ प्रतिशत बजार हिस्सा रहेको उनले बताए।

'हामीले भारतीय उपभोक्तालाई धेरै राम्रोसँग बुझेका छौं र यसले हामीलाई हाम्रो बजार हिस्सामा हरेक वर्ष सुधार गर्न मद्दत गरिरहेको छ । हामी पैसाको अनुपातमा उचित मूल्य प्रदान गर्ने उत्पादनहरु लिएर आउँदैछौं,' ह्युम किमले भने । नेपालको सन्दर्भमा पनि यो कुरा सम्बन्धित र सान्दर्भिक रहेको छ । 
भारतीय उपभोक्ता जस्तै नेपालका एलजी प्रशंसकहरु प्नि ब्राइटर प्यानेल र लाउड साउन्ड बेस मनपराउँछन् । 

'कोभिड–१९ महामारी पछि उपभोक्ताहरुको टिभी हेर्ने बानीमा परिवर्तन आएको छ । मानिसहरु अब अल्ट्रा–ठूला स्क्रिनहरुको साथ घरमा सिनेमाको अनुभव लिन चाहन्छन् र कम्पनीले ती व्यवहारिक परिवर्तनहरु देखिरहेका छन्,' किम भन्छन् ।  'यस सेग्मेन्टमा विशिष्ट प्रविधिका साथ हामी नम्बर एक हुन चाहन्छौं । हामी उपभोक्ताहरुलाई भिन्न किसिमको गुणस्तरीय डिस्प्ले र भिविङ अनुभव प्रदान गर्न चाहन्छौं' किमले भने । 

नेपालको टिभी उद्योगले स्मार्ट फिचर सहितको ठूला स्क्रिन साइज सेटतर्फ परिवर्तन भइरहेको बुझेको छ । अब उपभोक्ताका लागि ४२ इन्चको स्क्रिन साइज पहिलो रोजाइमा रहन थालेको छ । 


Author

थप समाचार
x