कर्पोरेट

कार संसारको पाँचौ सोरूम धनगढीमा

इकागज |
असार १, २०७९ बुधबार १०:४८ बजे

कैलाली - धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा कार सजाउनका लागि कार संसार सोरुम सञ्चालनमा आएको छ । बुधबार कार संसारको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका छन ।

करिब ५० लाखको लगानीमा शुरु भएको कार संसारको यो पाँचौं शाखा हो । बुटवल मुख्य शाखा रहेको कार संसारको नारायणघाट, भैरहवा र नेपालगन्जमा सोरुम सञ्चालनमा रहेको सञ्चालक देवराज अर्यालले बताए । कार सजाउनका लागि सम्पुर्ण सामानहरु उपलब्ध रहेको बताउदै सञ्चालक अर्यालले भारत भन्दा पनि सस्तो रेटमा समान उपलब्ध रहेको बताए । उद्घाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थिति रहेको थियो ।



Author

थप समाचार
x