कर्पोरेट

कनेक्ट आइपीएसको नयाँ 'इलेक्ट्रिफ्लाइङ' अफर

इकागज |
असार १, २०७९ बुधबार १२:४ बजे

काठमाडौँ - कनेक्ट आइपीएसले असार १ गतेबाट ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा  आबद्ध हुन कनेक्ट आइपीएस 'इलेक्ट्रिफ्लाइङ अफर' ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा ५० को रिचार्ज पाउन सक्नेछन् ।

त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने  १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ । बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसको वेबसाइट वा यसको मोबाइल एप  मार्फत रजिष्टर गर्न सक्दछन् । यो अफर कनेक्ट आइपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।  सोझै बैंक खाताबाट फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको कनेक्ट आइपीएस एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्लेटफर्म हो । यसले दैनिक औसत १०.८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट गर्ने गरेको छ ।   



Author

थप समाचार
x