कर्पोरेट

बालेनको नि:शुल्क सार्वजनिक शौचालय कन्सेप्टलाई सिटीको साथ

इकागज |
असार २, २०७९ बिहीबार १७:४९ बजे

काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्सफरले  कमलादी, काठमाडाैंँ स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । नव निर्वाचित मेयर बालेन्द्र साह(बालेन) को नि:शुल्क सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउने उद्देश्यलाई सिटीले साथ दिएको हो ।

काठमाडौँ महानगर प्रमुखको सो योजनालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यबद्धता जनाउँदै आफ्नो प्रमुख कार्यालयको भुइँतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो ।  


सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै 'जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस'  भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार  भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।   


Author

थप समाचार
x