कर्पोरेट

नोकिया जी २१ नेपाली बजारमा

इकागज |
असार ६, २०७९ सोमबार १२:१७ बजे

काठमाडौंँ- नोकिया फोनको उत्पादक तथा वितरक एचडिएम ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि ३ दिनसम्म टिक्ने ब्याट्री लाइफ रहेको छ । कम्पनीले सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरू सेक्युरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध गराएको छ ।

एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भने, 'मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरू जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लीक नर्डिक डिजाइनमा आउने यी फोनहरूको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरू आराम साथ गर्न सकिन्छ।  बनावट मात्र बलियो नभै यसको ओयस्  र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछि सम्म पनि नयाँ फोन चलएको आभास हुन्छ ।'  


मोबाइल प्रविधिमा लामो समयसम्म टिकाउ र अतुलनीय सुरक्षा
महत्त्वपूर्ण डेटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ । जसले फेस मास्क लगाएको स्थितिमा पनि फेस पहिचान गरी अनलक गर्न सक्छ । एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीनतम सुविधाहरू सबै सहजै उपलब्ध रहेका छन् ।

बेस्ट इन क्लास एक्स्पिरिएन्सको लागि प्री लोडेड स्पोर्टीफाई र एक्सप्रेस भिपिएन सहित आउने यस फोनमा उपभोक्ताहरूले ७० मिलियनसम्म गीतहरू र ३.२ मिलियन पोडकास्टहरू सुन्न सकिन्छ । साथै सबै नयाँ नोकिया फोन प्रयोगकर्ताहरूको लागि एक्सप्रेस भिपिएन ३० दिनको ट्राएल पिरियडसम्म नि:शुल्क छ ।

दिनभरि सक्रिय रहनको लागि लामो ब्याट्री ब्याकअप
३ दिनको ब्याट्री ब्याकअपको साथ आउने यो फोनले अब आफ्नो फोनमा कति ब्याट्री छ भनेर चेक गरिरहनु पर्ने झन्झट र तनाव बाट मुक्त गरिदिएको छ । चाहे परिवारसँग रमाइलो पलहरू कैद गर्न होस् वा आफुलाई मनपर्ने कार्यक्रमहरू हेर्न होस् नोकिया जी २१ ले दिनभरि सक्रिय रहन मद्दत गर्छ । आफ्नो ब्याट्री लामो समयसम्म विस्तार गर्नको लागि सबै नयाँ सुपर ब्याट्री सेभर मोड अन गर्नुहोस् र आवश्यकता अनुसार नोकिया जी २१ मा भएको यो सुविधा जुनसुकै बेला अन गर्न सकिन्छ । साथै जति खेर पनि स्विच गर्न सकिने सुपर ब्याट्री सेभर मोडमा आफुलाई चाहिने फिचरहरू मात्र चलाएर तिन दिन भन्दा पनि धेरै लामो समय सम्म ब्याट्री बचाउन सकिन्छ ।

उत्पादकता वृद्धिको लागि फास्ट रेस्पोन्स्
जी-सिरिजमा पहिलो पटक ९० एचजेडको पावर सहित स्क्रोलिङ र टाइपिङ अझ बढी सजिलो हुनुको साथै तस्बिरहरू पनि प्रस्ट देखिन्छ ।  

नोकिया जी २१ सँग उत्कृष्ट फोटोग्राफी
भर्सटाएल ट्रिपल–लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ । कम प्रकाशमा पनि सुन्दर डिटेलहरू क्याप्चर गर्न मिल्ने यी लेन्सहरूको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ । त्यस्तै यसमा भएको एआई सुपर रेसोलुसनले फोटोको लागि उत्कृष्ट जुम क्वालिटी प्रदान गर्दछ । 
नयाँ डिजाइन तर उस्तै गुणस्तरीय फिनिश मजबूत 
नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेको छ ।  फोनको सुरक्षा र मनको शान्तिको लागि यी फोनहरूमा क्लियर केस पनि आउछन् जसले फोनको नयाँ डिजाइन पनि देखिन्छ र सुरक्षित पनि हुन्छ । सबै भन्दा राम्रो कुरा त यो फोन पूर्णतया रिसाइकल गरिएको सामानहरू बाट बनेको छ र बिग्रे पछि पनि यो सेटलाई रिसाइकल गर्न मिल्छ ।

मूल्य र उपलब्धता

६-१२८ जीबी को स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार ९ सय ९९ रूपैयाँ रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरूमा उपलब्ध छ ।


Author

थप समाचार
x