कर्पोरेट

चौधरी ग्रुपले ल्यायो क्रम्पटन ब्राण्डको एयर कुलर

इकागज |
असार ८, २०७९ बुधबार १२:२१ बजे

काठमाडौँ- चौधरी ग्रुपले गर्मी महिनालाई लक्षित गरि क्रम्पटन ब्राण्ड अन्तर्गत विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कुलरहरू नेपाली बजारमा ल्याएको छ । जसमा डेर्जट कुलर, विन्डो कुलरहरू रहेका छन् ।  क्रम्पटन ब्राण्ड भारतको सबैभन्दा पुरानो ब्राण्ड र कम्पनीहरू मध्ये एक हो र यसमा उत्कृष्ट गुणस्तर, विश्वसनीयता, उत्कृष्ट इन्जिनियरिङ क्षमता, उत्पादन डिजाइन र ठूलो मात्रामा विश्वलाई प्रेरित गर्ने समृद्ध विरासत छ । क्रम्पटनले उपभोत्ताको आवश्यकताको अर्थपूर्ण सामाधान प्रदान गर्ने नवीन उत्पादनहरू निर्माण गर्दछ । 

क्रम्पटनका उत्पादनहरू भिन्न हुनुका साथै उपभोक्ताहरूलाई ध्यानमा राखेर डिजाइन गरिएका हुन्छन् । हेर्दा निकै आकर्षक देखिने कुलरहरूमा अनेकौ विशेषता रहेको कम्पनीले जनाएको छ । त्यही विशेषताहरूमा हनिकम्ब प्याड, वाइड एंगल एयरफ्लो, ठूलो सजिलो सफा आइस च्याम्बर, लामो समय सम्म चल्ने पम्प जसले कडा पानीमा पनि काम गर्ने कम्पनीले जनाएको छ।


क्रोम नब र सजिलो सफाइको लागि पनि नाली प्लग अटो, स्विङ ठाडो लुभहरू, ४ तरिकाबाट हावा विक्षेपन, लामो समयसम्म चिसोपन राख्ने जस्ता अद्वितीय विशेषताहरू रहेका छन् । साथै क्रमटनका एयर कुलहरूमा १२ महिनाको वारेण्टी रहेको छ ।  क्रम्पटन ब्राण्डका एयर कुलरहरू चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. ले ल्याएको छ । क्रम्पटन ब्राण्डका थुप्र्रै अरु घरायसी उपकरणहरू पनि भविष्यमा थप्दै जाने कम्पनीले आफ्नो विज्ञप्तीमा जनाएको छ । 


Author

थप समाचार
x