कर्पोरेट

टेलिकमले घटायो महसुल

इकागज |
असार ९, २०७९ बिहीबार १७:३५ बजे

काठमाडौँ - नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो । 

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय  रहेकोमा अब १६ सय कायम गरेको छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २३ सय बाट घटाएर १६ सय नै कायम गरिएको टेलिकमले जनाएको छ । 


५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः २१ सय र  १९ सय रहेकोमा अब दुवैको महसुल दर १५ सय कायम गरिएको छ । 

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २७ सय रहेकोमा अब रु. २४ सय, ११ देखि १०० एमबीपीएसको २४ सय रहेकोमा अब  २१ सय र १०० एमबीपीएस भन्दा बढीको २१ सय। रहेकोमा अब १८ सय। कायम गरिएको छ । 

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको छ । 

Existing Tariffs per Month per Mbps(NRs)

New Tariffs per Mbps (NRs)

Bandwidth

per Month

Monthly

1-20 Mbps

2500

1600

21-50 Mbps

2300

1600

51-100 Mbps

2100

1500

>100 Mbps

1900

1500

 

Bandwidth

Existing Tariffs per Mbps (NRs) per month

New Tariffs per Mbps(NRs) per month

1-10 Mbps

2700

2400

11-100Mbps

2400

2100

>100Mbps

2100

1800


Author

थप समाचार
x