कर्पोरेट

मुक्तिनाथ विकास बैंकद्वारा स्माइल मेकरस् डेन्टल होममा विशेष छुट सम्झौता

इकागज |
असार ९, २०७९ बिहीबार १९:१३ बजे

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित स्माइल मेकरस् डेन्टल होमसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ललितपुरमा रहेको स्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 


साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 


Author

थप समाचार
x