कर्पोरेट

आइएमई र चिरायूबीच नगदरहित सेवा सम्झौता

इकागज |
असार १०, २०७९ शुक्रबार १८:४२ बजे

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्यूटबीच  सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र चिरायूका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।


उक्त सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म चिरायूबाट नगदरहित हस्पिटलाइजेशस सुविधा प्राप्त गर्न सक्ने आइएमईद्वारा जारी विज्ञप्तिमा छ ।

इन्स्योरेन्स नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले चिरायूले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग  औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे ।

उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमईबाट प्राप्त गर्न सक्ने बताए ।
 


Author

थप समाचार
x