कर्पोरेट

एनएमबि बैंकको नगद फिर्ता कार्यक्रम

इकागज |
असार १०, २०७९ शुक्रवार १९:० बजे

काठमाडौँ- भाटभटेनी, धनगढीमा किनमेल गरी भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म नगद फिर्ता (क्यास ब्याक) पाउने भएका छन् ।

आगामी आइतबारदेखि सीमित अवधिका लागि सुदूरपश्‍चिम प्रदेशको धनगढी भाटभटेनीमा सञ्‍चालन हुने एनएमबि बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्‍चालन गरेको हो ।


यो अभियान मुख्यतया धनगढीमा एनएमबि ग्राहकहरूलाई लक्षित गरी ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा छ । ‘एनएमबि बैंकले ग्राहकहरूलाई डिजिटल कारोबारहरूको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्‍चालन गर्दै आएको छ,’ बैंकले भनेको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि चार पटक नेपालकै उत्कृष्ट बैंकको प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टर छन् ।


Author

थप समाचार
x