कर्पोरेट

युवा लक्षित भिभो वाइ ५५ नेपाल भित्रियो, यस्ता छन् विशेषता

इकागज |
असार ११, २०७९ शनिबार ८:२१ बजे

काठमाडौंँ- भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । युवा लक्षित गर्दै भिभोले वाइ५५ नेपाली बजारमा सार्वजनिक गरेको हो। भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाइ५५ नेपाली बजारले प्रतिक्षा गरेको स्मार्ट फोन हो । । वाइ सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाइ५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ ।

यसमा एकसाथ धेरै एपहरू प्रयोय गर्दा पनि स्मुथ अनुभवका लागि ८ जीबी प्लस ४ जीबी एक्सटेन्सन र्‍याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जले यसलाई फेशनेबल र टेक सेभी प्रयोगकर्ताहरूका लागि प्रचुर विशेषताहरूले भरिपूर्ण स्मार्टफोन बनाउँछ ।  वाइ५५ले भिभोको उल्लेखनीय नवीन डिजाइन र प्रविधि समावेश गर्दछ, जसले उपभोक्ताहरूलाई १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्रीका साथ शक्तिशाली प्रदर्शनमार्फत आफ्नो व्यक्तित्व झल्काउने क्षमता प्रदान गर्दछ ।


यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको छ । सामाजिक संजाल र वास्तविक जीवनमा अप्टुडेट रहन नवीन विशेषताहरूसहित पावर–प्याक उपकरण खोज्ने यूवा प्रयोगकर्ताहरूको जीवनशैली अनुरुप वाइ५५ लाई रणनीतिक रूपमा डिजाइन गरिएको छ । भिभो नेपालका सीईओ माइकलले भने, “उपभोक्ताहरूको माग र आवश्यकताहरूलाई पूरा गर्न भिभो प्रयासरत छ । यही कारणले गर्दा हामीले युवा केन्द्रित वाइ सिरिजमा सबैका लागि अत्याधुनिक विशेषताहरू प्रदान गर्ने दृष्टिकोण राखेका छौं । हामीले वाइ सिरिजका मोडेलहरूमा उपभोक्ताको प्रतिक्रिया लिएका छौं र उनीहरूको दैनिक जीवनशैलीलाई सुहाउँदो स्टाइल र कार्यसम्पादनको सहज अभिसरण गर्दै वाइ५५ मा  विचारशील र प्रभावकारी सुधारहरू गरेका छौं । एक्सटेन्डेड र्‍याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्टफोन बनाएको छ । यो उपकरणले युवा पुस्ताको बानी, प्राथमिकता र आकांक्षाहरूबारे भिभोको गहिरो बुझाइलाई दृढतापूर्वक प्रतिबिम्बित गर्छ र हाम्रा प्रयोगकर्ताहरूको जीवनमा उत्कृष्ट अनुभव र सन्तुष्टि प्रदान गर्ने हाम्रो प्रयासलाई झल्काउँछ ।” 

सिर्जना गर्न, प्रकट गर्न र अभिव्यक्त गर्न बहुउपयोगी क्यामेरा अनुभव
उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफी अनुभवको लागि वाइ५५ मा ५०एमपी एचडी रियर क्यामेरा रहेको छ । १६एमपी फ्रन्ट क्यामेराका साथ, वाइ५५ बाट भिभोको एडभान्स पोट्र्रेट एल्गोरिदमद्वारा आकर्षक सेल्फीहरू पनि खिच्न सकिन्छ । सुपर नाइट सेल्फी नोइज घटाउने एल्गोरिदम, प्राकृतिक पोट्र्रेट एल्गोरिदम र औरा स्क्रिन लाइटले कम प्रकाशमा सेल्फ– पोट्र्रेटहरू सुधार गर्दछ । सेल्फी क्यामेराले अनुहारलाई प्राकृतिक रूपमा चमकिलो बनाउँछ र वास्तविक समयमा उज्यालो प्रभावको पूर्वावलोकनलाई समर्थन गर्दछ । यसबाहेक, सफ्ट लाइट बढाउन र वार्म लाइटमा अनुहारलाई चमकिलो बनाउन औरा स्क्रिन लाइटलाई म्यानुअल रूपमा सक्रिय गर्न सकिन्छ जसले वरपरको प्रकाशको सन्तुलनलाई स्वचालित रूपमा अनुकूलन र समायोजन गर्दछ ।

वाइ५५ मा अल्ट्रा स्टेबल भिडियो सुविधा छ जसले स्मुद, स्टिडी र स्थिर भिडियो खिच्नको लागि ह्यान्ड–होल्ड शटहरूमा क्यामेरा शेक हटाउन फ्रेमलाई इलेक्ट्रोनिक रूपमा समायोजन गर्दछ । यस स्मार्टफोनमा उत्कृष्ट क्यामेरा अनुभवका लागि मल्टि फेम डिनोइजिंग एल्गोरिदम, स्टाइलिश नाइट फिल्टरहरू, फन सट, एआई फेस ब्यूटी र डबल एक्सपोजर लगायतका विशेषताहरू पनि छन् ।

जुन कुनै समय, जहाँ कहिँ स्विफ्ट प्रदर्शन र मनोरन्जन
वाइ५५ मा ८जीबी र्‍याम (जसमा ४जीबी भर्चुअल र्‍याम थप्ने सकिन्छ) र १२८जीबी रोम (जसलाई १ टिबीसम्म बढाउन सकिन्छ) रहेको छ । यसमा ५ हजार एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ जसले स्मार्टफोनलाई छिटो पावर अप गर्न, विशाल ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको आनन्द लिन मद्दत गर्छ । वाइ५५ मा शक्तिशाली क्वालकम स्न्याड्रेगन ६८० प्रोसेसर छ जसले कम पावर खपत गर्छ र एप्लिकेशन र गेमहरूको लागि स्मुथ र स्थिर प्रदर्शन प्रदान गर्दछ । यसको साथै, वाइ५५मा रचनात्मक अनुभवको लागि अल्ट्रा गेम मोड २.०, मल्टि–ट्युबो ५.५, अडियो सुपर रिजोल्युसन, सुपर सिस्टम प्रोसेस, नानो म्युजिक प्लेयर, र एन्ड्रोइड १२÷फन टच ओएस १२ छन् ।

प्रभावशाली प्रदर्शन र परिष्कृत डिजाइन
वाइ५५ ले आधुनिक डिजाइन र चम्किलो रङहरूका साथ लक्जरीलाई पुनः परिभाषित गर्दछ जुन नयाँ पुस्ताका परिवर्तनशील जीवनशैलिसँग मिल्छ । प्रिमियम डेकोरेटिभ रिङ भएको थ्रीडी आकारका साथ यो उपकरण अन्यभन्दा उत्कृष्ट छ । यो स्मार्टफोन अत्यन्तै हल्का वजनको छ । यसको थ्रीडी प्लास्टिक सिटले एक स्मुद र आरामदायी फिनिश प्रदान गर्दछ जसबाट प्रिमियम अनुभूति लिन सकिन्छ ।

वाइ५५ को ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्लेले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ । साथै, यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ र डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ ।  वाइ५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य रु. ३३ हजार ९९९ रुपैयाँ रहेको छ भने ग्राहकहरूले देशभरका रिटेल र इकर्मश साइटबाट खरिद गर्न सक्नेछन् ।


Author

थप समाचार
x