कर्पोरेट

नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गर्दै शाओमी

इकागज |
असार १२, २०७९ आइतबार १६:५० बजे

काठमाडौँ - शीर्ष स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्ड हो जसको नाम आजको समयमा लगभग सबैले सुन्नु भएको छ। विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड, शाओमी नेपालको शीर्ष ब्रान्डहरू मध्ये एक हो। स्मार्टफोन निर्मातामा मात्र सिमित नभइ शाओमीले एआइओटी प्लेटफर्मद्वारा जडान भएका विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ। स्मार्टफोन र ल्यापटपहरू बाहेक, २५२ मिलियन भन्दा बढी स्मार्ट उपकरणहरूको साथ शाओमीले विश्वको अग्रणी कन्जुमर एआइओटी प्लेटफर्मको रूपमा आफूलाई विस्तार गरेको छ।
विश्वभर सबैका लागि उचित मूल्यमा उन्नत प्रविधिका उपकरणहरु उपलब्ध गराउने लक्ष्य बोकेको शाओमीले छोटो समयमै विभिन्न आधुनिक सामग्रीहरु नेपाली बजारमा भित्र्याउन सफल भएको छ। नेपालमै पहिलो पटक प्रस्तुत गरिने स्मार्टफोनहरूका "+साथै २०२२ मा कम्पनीले  विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ। शाओमीका केहि उपकरणहरु निम्न अनुसार छन् :
शाओमी वाच एस वान एक्टिभ
फिचरहरूको सन्दर्भमा, एस वान एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् जस मध्ये १९ ओटा व्यावसायिक छन्। मुटुको धडकनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाँच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको यस एस वान एक्टिभ पानी प्रतिरोधी पनि छ। यसमा भएको माइक्रोफोन र स्पिकरले घडीबाटै कलहरू उठाउन सकिन्छ।



मूल्य: २२,९९९ रूपैयाँ
उपलब्ध रंग स्पेस ब्ल्याक

रेडमी ब्यान्ड प्रो 
आयातकार मोड्युलमा १.४७ इन्चको एमोलेड टच डिस्प्ले भएको यो स्मार्ट ब्यान्ड प्रो मा  १९४ ८ ३६८ –पिक्सेल रिजोल्युसन, १०० प्रतिशत एटिएसइ कलर स्पेस, र ४५० निट्स ब्राइटनेस भएको ८–बिटको स्क्रिन रहेको छ भने सुरक्षाको लागि यसमा २.५डी टेम्पर्ड ग्लास छ।   वाटरप्रूफिङको लागि फाइभ एटिएम प्रमाणित यो स्मार्ट ब्यान्ड प्रोको स्वास्थ्य सुविधाहरूमा दौड, सैक्लिंग, हिड्ने, योगा, पौडी लगायत अन्य गतिविधिहरुका लागि ११०+ स्पोर्ट मोडहरू समावेश छन्।

त्यस्तै, २४ घन्टा मुटुको गति ट्र्याकिङका लागि यो ब्यान्डमा पीपीजी हार्ट–रेट सेन्सर जडान गरिएको छ। यसले तपाईंको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउन एसपिओटु मापन पनि गर्छ।  रेडमी स्मार्ट ब्यान्ड प्रो लाई मी फिट एप मार्फत तपाईंको स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ जहाँ तपाईंले एप सूचनाहरू, फोन कलहरू र थप जानकारीहरू आफ्नो ब्यान्डमै प्राप्त गर्न सक्नुहुन्छ।
मूल्य ६,१९९ रूपैयाँ
उपलब्ध रंग कालो

एयर कम्प्रेसरः
शाओमी मी पोर्टेबल एयर पम्पको साथ, बिना कुनै समस्या आफ्नो टायरलाई उचित प्रेसरको साथ हावा भर्न सक्नुहुन्छ। यो पम्प सजिलै 150PS को प्रेसर दिन्छ जसले गर्दा यो पम्पलाई साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि पनि प्रयोग योग्य बनाउँछ। स्वचालित रूपमा यो पम्पमा तपाईंले सेट गर्नु भएको पिएसआइ वा बार भ्यालु पुगे पछि हावाको चाप आफैं बन्द हुन्छ। शाओमी मी पोर्टेबल एयर कम्प्रेसर विभिन्न एट्याचमेन्टहरू (डच र फ्रेन्च भल्भ र भल्भ सुई) सँग आउँछ, जसले गर्दा यसलाई विभिन्न टायरका लागि मात्र नभई फुटबल, बास्केटबलको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ।

 

यस पम्पमा भएको डिजिटल सेन्सरले सबै प्रकारका टायरहरूको चापलाई सही रूपमा मापन गर्दछ। अँध्यारोमा पनि सजिलैसँग भल्भ फेला पार्नको लागि यस पम्पमा एक उपयोगी टर्चलाइट सुविधा पनि छ।  
मूल्य ५,९९९ रूपैयाँ

एयर प्युरिफायरः
सेतो रंग अनि आयातकारको डिजाइन भएको, मी एयर प्युरिफायर ३ ले सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिन्छ। यसमा भएको गोलाकारको  ओलेड टच डिस्प्ले तपाईंलाई पीएम (पार्टिक्युलेट म्याटर) २.५ स्तर, तापक्रम, आर्द्रता र वाइफाई जस्ता जानकारीहरू उपलब्ध गराउँदछ भने विभिन्न मोडहरू स्विच गर्न पनि यो बटनको प्रयोग गर्न सकिन्छ।

यसमा भएको रिङ लाइट डिस्प्लेले हावाको गुणस्तर अनुसार रङ परिवर्तन गर्दछ। हावामा पीएम कन्सनट्रेसन २.५ भन्दा बढी हुँदा यसको रंग हरियोबाट पहेंलो र रातोमा परिवर्तन हुन्छ।
मूल्य २० सय ९ सय ९९ रूपैयाँ

टूथब्रशः टि१००
 शक्तिशाली सोनिक मोटर भएको यो टूथब्रश प्रति मिनेट ३१ हजारभन्दा बढी कम्पन पैदा गर्छ जसले यसलाई प्रयोग गर्न सजिलो बनाउँछ। यसमा थप २३० जीएफसिएम भन्दा बढी पाओर डेलिभर गर्ने क्षमत भएको टर्क राखिएको छ जसले यसलाई पूर्ण रूपमा शक्तिशाली इलेक्ट्रिक टुथब्रश बनाउँदछ।
शाओमी मी इलेक्ट्रिक टूथब्रश टि१००ले दाँतको बीचको भागमा अड्किएको फोहरलाई प्रभावकारी रूपमा हटाइ गहिरो सफाई गर्दछ। गिजा र दाँत दुबैको सुरक्षाको लागि यस ब्रशको माथिल्लो भाग उच्च गुणस्तरीय ब्रिस्टलको साथ धातु–रहित प्रविधिबाट निर्माण गरिएको छ जसले शाओमी मी इलेक्ट्रिक टूथब्रश टि१०० लाई वातावरणमैत्री र सुरक्षित बनाउँछ। 
मूल्य १,६९९ रूपैयाँ
उपलब्ध रंग- सेतो


Author

थप समाचार
x