कर्पोरेट

ज्योति विकास बैंकको नयाँ शाखा बेंसीशहरमा

इकागज |
असार १२, २०७९ आइतबार १९:२३ बजे

काठमाडौँ- ज्योति विकास बैंकले बेंसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो। बेंसीशहर नगरपालिका-८, लमजुङ स्थित बेंसीशहर शाखाको समुद्घाटन बेंसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्त रुपमा गरेका थिए।

उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो। नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेंसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यू-आर, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेसन, नि:शुल्क डेबिड कार्ड, नि:शुल्क मोबाइल बैंकिङ्ग सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ्ग सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।



Author

थप समाचार
x