कर्पोरेट

सेञ्चुरी बैंक ल्यायो 'सेञ्चुरी हाइब्रिड' बचत खाता

इकागज |
असार १२, २०७९ आइतबार १९:८ बजे

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरूले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् । 

सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम १ लाखमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरूलाई भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।


यस खातामा विभिन्न सेवाहरू विना कुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिनेछ । 
आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 


Author

थप समाचार
x