कर्पोरेट

आजदेखि धनगढीबाट बुद्धको पहिलो उडान सुरु

दीपक उपाध्याय |
असार १४, २०७९ मंगलबार ११:२९ बजे

कैलाली -यसअघि काठमाडौँबाट मात्रै पहिलो उडान गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट पहिलो उडान सुरु गरेको छ । यसअघि काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउने गरेकामा आजदेखि कैलालीबाटै पहिलो उडान सुरु गरेपछि भने त्यो बाध्यताको अन्त्य भएको हो ।

बुद्धले मंगलवारदेखि पहिलो उडान धनगढी–काठमाडौँ सुरु गरेको हो । पहिलो उडान भर्न हिजै बुद्ध एयरको जहाज धनगढी आइपुगेको थियो । बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान धनगढीबाट ६ बजेर १५ मिनेटमा उडान भर्नेछ । यद्यपि पहिलो दिन आज मौसमको खराबीका कारण ८ बजेर ९ मिनेटमा बुद्ध एयरको जहाज धनगढीबाट काठमाडौँका लागि उडेको थियो । ७२ सिट क्षमता भएको जहाजमा आज ६४ जनाले यात्रा गरेको बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले बताए ।


बुद्ध एयर धनगढीका इन्चार्ज माझीले आजदेखि नियमित रूपमा बुद्ध एयरले धनगढी– काठमाडौँ रुटमा उडान भर्ने जानकारी दिए । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशन तथा निर्णयपछि बुद्ध एयर लगायतका हवाई कम्पनीले काठमाडौँ भन्दा बाहिरका विमानस्थलबाट आजदेखि हवाई सेवा सुरु गरेका हो ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x