कर्पोरेट

सञ्चार माध्यममा आएका समाचारप्रति ज्योती र सूर्या लाइफ इन्स्योरेन्सको ध्यानाकर्षण

इकागज |
असार १४, २०७९ मंगलबार १२:१२ बजे

काठमाडौँ- सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जरमा जाने सम्बन्धमा सञ्चार माध्यममा आएका समाचारप्रति  दुवै कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ। केही सञ्चार माध्यमहरुमा स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायतका विषयमा आम सरोकारवालाहरूमा भ्रम श्रृजना हुने गरी सुचना प्रवाह भएको विषयमा दुवै कम्पनीको ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको हो ।

विज्ञप्तीमा भनिएको छ 'दुई कम्पनीहरु बीच प्रारम्भिक समझदारी भएको व्यहोरा अवगत नै छ । यसै सिलसिलामा केही सञ्चार माध्यमहरुमा स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायतका विषयमा आम सरोकारवालाहरूमा भ्रम श्रृजना हुने गरी सुचना प्रवाह भएको विषयमा दुवै कम्पनीको ध्यानाकर्षण भएको छ ।


स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायत मर्जर सम्बन्धी आवश्यक सबै विषयहरु कम्पनीहरुको डिडिए, एक्चुरी भ्यालुएसन, बीमा समितिबाट तोकिएको आधार लगायत, प्रचलित कानुन र मापदण्डहरूको आधारमा दुवै कम्पनीहरुको सहमति पश्चात मात्र टुंगो लाग्ने भएकोले यस्ता प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको व्यहोरा आम सरोकारवालाहरूमा जानकारी गराउँदछौं ।'


Author

थप समाचार
x